२ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी मिलाउन आग्रह गरेका छन् । उपचारका लागि दिल्ली जानुअघि नेता खनालले एमालेलाई एकढिक्का बनाउने भूमिकामा लाग्न ओलीलाई आग्रह गरेका हुन् ।
बुधबार उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको फोनबाट खनालसँग संवाद गरेका प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभको कामना गरे । त्यसक्रममा खनालले ओलीलाई पार्टी मिलाउन आग्रह गरेका खनालका निकट सहयोगी होम बुढाथोकीले बताए ।प्रधानमन्त्री ओलीसँग कुराकानी हुँदा नर्भिक अस्पतालमा खनालसँगै रहेका बुढाथोकीले भने, ‘झलनाथ कमरेडले प्रधानमन्त्रीलाई पार्टी मिलाउनुहोस् भन्नुभयो ।’ नेता खनालले अध्यक्ष ओली पार्टीको प्रमुख ठाउँमा भएकाले मिलाउने भूमिका बढी हुने बताएका थिए । ओलीसँग कुराकानीका क्रममा खनाल भावुक बनेको बुढाथोकी बताउँछन् ।
बुधबार नै एमाले महासचिव ईश्वर पोखरेल खनाललाई भेट्न नर्भिक अस्पताल पुगेका थिए । पोखरेलसँग पनि नेता खनालले एकताको पहल गर्न आग्रह गरेका थिए । ‘भोलि तपाईंहरु नै हो नेता । किन मिलाउन लाग्नु हुन्न’, पोखरेललाई खनालले प्रश्न गरेका थिए ।
तर पोखरेलले भने आफूले पार्टी मिलाउने बताएका थिए । नेता खनाललाई स्वास्थ्यलाभको शुभकामना पनि उनले दिए । ३१ जेठमा नर्भिक अस्पताल भर्ना भएका खनाललाई थप उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताल लगिदैछ ।
प्रधानमन्त्री ओलीलाई झलनाथ खनालले भने- जसरी हुन्छ पार्टी मिलाउनुस्
Reviewed by sptv nepal
on
June 16, 2021
Rating:
No comments:
Post a Comment