जसपाको यादव-भट्टराई पक्षको कार्यकारिणी बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)नेपालको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा बस्ने छ। पार्टीभित्रको अन्तरद्वन्द्व र संसद् विघटनपछि तोकिएको मध्यावधि चुनावका विषयमा छलफल हुने बताइएको छ। जसपा दुई धारमा विभाजित भएको छ। उपेन्द्र–बाबुराम पक्ष र महन्थ–राजेन्द्र पक्षबीच मतभेद् रहँदै आएको छ।
जसपाको यादव-भट्टराई पक्षको कार्यकारिणी बैठक बस्दै जसपाको यादव-भट्टराई पक्षको कार्यकारिणी बैठक बस्दै Reviewed by sptv nepal on May 21, 2021 Rating: 5

No comments:


Recent in tips