राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको शुध्द अन्ध सहयोगी भुमिकामा देखिइन् : नारायणकाजी श्रेष्ठ

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसद विघटनको जति निन्दा गरेपनि कम हुने बताएका छन्।
प्रधानमन्त्री र राष्ट्रपतिले मिलेर मध्यरातमा षडयन्त्रमुलक ढङ्गले गरेको प्रतिनिधिसभा विघटनको घोषणा जति निन्दा र भत्र्सना गरेपनि कम हुने बताएका हुन्। नेता श्रेष्ठले शनिबार फेसबुकमार्फत् उक्त कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी, निरङ्कुश एवं राष्ट्रघाती कदम भएको बताएका छन्। श्रेष्ठले विदेशी शक्तिकेन्द्रहरुको हस्तक्षेपकारी योजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रिय स्वाधीनतालाई सौदाबाजीको विषय बनाएको दावी गरेका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको शुध्द अन्ध सहयोगी भुमिकामा देखिएको आरोप लगाएका छन्।उनले भनेका छन्, ‘प्रधानमन्त्रीको शुध्द अन्ध सहयोगी भुमिकामा सीमित राष्ट्रपतिको कार्य नेपालको गणतान्त्रिक इतिहासमै राष्ट्रपति पदको जिम्मेवारी र गरिमालाई लज्जास्पद ढङ्गले विसर्जित गर्ने कलंकका रुपमा अङ्कित हुनेछ।’
राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको शुध्द अन्ध सहयोगी भुमिकामा देखिइन् : नारायणकाजी श्रेष्ठ राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको शुध्द अन्ध सहयोगी भुमिकामा देखिइन् : नारायणकाजी श्रेष्ठ Reviewed by sptv nepal on May 21, 2021 Rating: 5

No comments:


Recent in tips