काठमाडौं। प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी राष्ट्रपति कार्यालय शीतलनिवासमा दर्ता भएको छ। देउवाले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्।
१४९ सांसदको हस्ताक्षरसहित देउवा राष्ट्रपति कार्यालय पुगेका थिए। देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि शीतलनिवास पुगेका थिए।
कांग्रेसका ६१, माओवादीका ४९, माधवकुमार नेपाल पक्षका २७ र जसपाका बाबुराम भट्टराई तथा उपेन्द्र यादव पक्ष १३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन्।
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा देउवाको दाबी पेश
Reviewed by sptv nepal
on
May 21, 2021
Rating:
No comments:
Post a Comment