रुकुम पश्चिममा माओवादीको जनसभा, क-कसले गर्दैछन् सम्बोधन ?

काठमाडौं। नेकपा माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवसर पारेर पश्चिम रुकुममा जनसभा आयोजना गर्दैछ। सो सभालाई ‘आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रम’ नाम दिइएको छ।
सदरमुकाम खलंगाको सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ र स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले सम्बोधन गर्नेछन्। माओवादी केन्द्र रुकुम पश्चिमका अध्यक्ष गोपाल शर्मा ‘अनल’का अनुसार पार्टी अध्यक्ष प्रचण्ड मध्याह्न १२ बजे सभास्थलमा आइपुग्ने कार्यक्रम छ। ‘मौसमले साथ दियो भने १२ बजे अध्यक्ष आइपुग्नु हुन्छ र कार्यक्रम सुरु हुन्छ,’ उनले भने। शर्माका अनुसार कार्यक्रममा साँस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने छ। Kathmandu. The CPN-Maoist Center is organizing a public meeting in West Rukum on the occasion of People's Movement Day. The meeting has been named 'People's Training Program for Economic Prosperity and Social Transformation'. Chairman of the Maoist Center Pushpa Kamal Dahal 'Prachanda' and Standing Committee Member Janardan Sharma 'Prabhakar' will address the meeting. According to Rukum West Chairman Gopal Sharma 'Anal', party chairman Prachanda is scheduled to arrive at the venue at 12 noon. "If the weather is good, the chairman will arrive at 12 o'clock and the program will start," he said. According to Sharma, a cultural pageant will also be presented in the program.
रुकुम पश्चिममा माओवादीको जनसभा, क-कसले गर्दैछन् सम्बोधन ? रुकुम पश्चिममा माओवादीको जनसभा, क-कसले गर्दैछन् सम्बोधन ? Reviewed by sptv nepal on April 05, 2021 Rating: 5

No comments:


Recent in tips