काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नेपालीहरू निरीह हुन थालेको वा हेपिन थालेको हो कि भन्ने लागेको बताएका छन्।
नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको प्रशिक्षण भेलामा प्रचण्डले नेपालीहरूलाई निरीह बनाउने खतरा रहेकोले सचेत हुनुपर्ने बताए। आफ्नाबारे आफैँ निर्णय गर्ने नेपालीहरूको अधिकार खोस्ने प्रयास भइरहेको उनको भनाई छ।
‘नेपालीहरुमा निर्णयको अधिकार छैन, तिमीहरु निरिह हौँ, निरिह नै रहन्छौ भन्न पो खोजिएको हो ? तिमीहरु बढी गर्यौ भने परिणाम भोग्न तयार होऊ भनेर धम्कीको आउन थालेको हो कि ? तिमीहरुको निर्णय हामी गरिदिन्छौं, तिमीहरुलाई आदेशपालक बनाउन पो खोजिएको हो कि जस्तो लाग्छ,’ उनले भने, ‘खतरा अझै टरेको छैन, नेपालीहरुको अत्मनिर्णयको अधिकार धरापमा छ।’
शान्ति प्रक्रिया, संविधान निर्माणदेखि एमाले र माओवादी केन्द्रबीचको एकतासम्म आइपुग्दा नेपालीहरू कसैको दबाब वा हस्तक्षेपमा होइन, आफ्नो निर्णय आफैँले गर्न सक्छन् भन्ने स्थापित गरिएको उनले बताए। तर त्यसलाई मन नपराएकाहरुले नेकपाभित्र दलाल तयार पारेको भन्दै प्रचण्डले भने, ‘जसलाई पार्टीको अर्को अध्यक्ष बनाइएको थियो, तीनै अध्यक्षलाई दलालका रूपमा मोहोरा बनाउन सफल भए।’
त्यही कारण प्रधानमन्त्रीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने कदम चालेको उनले बताए। यद्यपि त्यस विरुद्ध जनता जागरूक भएको र सर्वोच्च अदालतले त्यसलाई खारेज गरेर संसद् पुनर्स्थापनाको पक्षमा फैसला गरेको उनले बताए। प्रचण्डले भने, ‘खतरा अझै टरेको छैन, नेपालीहरूको आत्मनिर्णयको अधिकार धरापमा छ।’
नेपालीलाई फेरि निरीह बनाउन खोजिँदैछ : प्रचण्ड
Reviewed by sptv nepal
on
March 24, 2021
Rating:
No comments:
Post a Comment