काठमाडौं। प्रतिनिधिसभा विघटनविरूद्ध पुष्पकमल दाहाल प्रचण्ड-माधवनेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी
(नेकपा) ले काठमाडौंमा आज बृहत विरोध आमसभाको आयोजना गर्दैछ। आजको बृहत आमसभामा २ लाख प्रदर्शनकारीले सहभागिता जनाउँदै छन्।
बिरोधसभामा अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाललगायत नेताले बोल्ने कार्यक्रम रहेको छ।
सचिवालय र स्थायी कमिटी सदस्यको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनी मार्ग, त्रि–चन्द्र कलेज, बाल्मीकि क्याम्पसलगायतका स्थानबाट निस्किएर रत्नपार्कको मुख्य जुलुसमा सहभागी हुनेछ।
रत्नपार्कबाट सुरू हुने मुख्य जुलुसलाई अध्यक्षद्वय प्रचण्ड र नेपालले नेतृत्व गरी पुतलीसडक हुँदै भृकुटीमण्डपमा आयोजना हुने विरोधसभामा परिणत गराउने योजना रहेको सहसंयोजक भट्टराईले जानकारी दिए।
प्रतिनिधिसभा बिघटनपछि राजनीतिक रुपमा विभाजित भएका प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाले दोस्रोपटक काठमाडौंमा बृहत प्रदर्शन गरेको हो।
उपत्यकामा नेकपाको शक्ति प्रदर्शन, यी ठाउँबाट निस्कियो जुलुस
Reviewed by sptv nepal
on
January 21, 2021
Rating:
No comments:
Post a Comment